Logo

नेपाल प्रिमियर लिगमा जनकपुरको पहिलो हार, सुदूरपश्चिमसँग पराजित

नेपाल प्रिमियर लिगमा जनकपुरको पहिलो हार, सुदूरपश्चिमसँग पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले बलियो टोली जनकपुरविरुद्ध शानदार जीत दर्ता गरेको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ७२ रनले पराजित गरेको हो । सुदूरपश्चिमका बलरसामु टिक्न नसकेको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो ।

फराकिलो जीतसँगै सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । जनकपुर दोस्रो स्थानमा झरेको छ । ५ खेलपछि ८ अंक भए पनि रनरेटमा जनकपुर दोस्रो स्थानमा पुगेको हो । दीपेन्द्रसिंह ऐरी, हरमित सिंह र इशान पाण्डेले दुई-दुई विकेट लिए । सेफ जाइब र नरेन साउदले १-१ विकेट लिए । जोहा ट्रम्पले १३ रन बनाउनुबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई १२३ रनमा रोक्दा जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले २-२ विकेट लिए । सुदूरपश्चिमको लागि विनोद भण्डारीले ३३, सैफ जाइबले २१, इशान पाण्डेले १७ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्