काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढ्दै प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि मंगलबार प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।