Logo

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर ४ दिनको मात्रै अनुमति दिइएको हो । जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद थप गर्न लागिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्