Logo

काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा, हावाको गुणस्तर निकै खराब

काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा, हावाको गुणस्तर निकै खराब



काठमाडौं । देशको संघीय राजधानी काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।

१० औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ । यहाँ पीएम२.५ को अवस्था ९४।५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मानेको छ । सबैभन्दा धेरै प्रदूषण भएका क्षेत्रहरूमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत रहेका छन् ।

विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ । चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा छ । त्यसपछि क्रमशः पाकिस्तानको कराँची, इरानको तेहरान, भियतनामको हानोई र पाकिस्तानको लाहोर सहर छन् ।

प्रतिक्रिया दिनुहोस्