Logo

नेपाल बंगलादेश बैंकको नयाँ शाखा मोरङमा, शाखा संख्या ३५ पुग्यो

नेपाल बंगलादेश बैंकको नयाँ शाखा मोरङमा, शाखा संख्या ३५ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले मोरङको सरोभागमा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । सो शाखाको बैंकका संचालक अरुण श्रेष्ठले उद्दघाटन गरे ।

सो अवसरमा बैंकका संचालक दिपक कार्की तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानासमेतको उपस्थिति रहेको थियो ।
कर्सिया शाखा सहित बैंकले ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ३५ वटा एटिएम बाटसेवा दिदै आएको छ ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री शारदा मावि लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्