Logo

बन्द निजी उद्योग संचालनमा सघाउने निर्णयको स्वागत, प्रस्ताव पेस गर्न घरेलु महासंघको आग्रह

बन्द निजी उद्योग संचालनमा सघाउने निर्णयको स्वागत, प्रस्ताव पेस गर्न घरेलु महासंघको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगहरु संचालन गर्न सरकारले सहयोग र सहजीकरण गर्ने निर्णयको नेपाल घरेलु तथा साना उद्योग महासंघ हार्दिक स्वागत गरेको छ । महासंघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो निणर्यको स्वागत गरेको हो । साथै उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगहरुको पुर्नसंचालन गर्ने निर्णयले मुलुकभरका उद्यमीहरु निकै हर्षित भएको महासंघको ठहर छ ।

विगत लामो समयदेखि विभिन्न कारणले बन्द रहेका र २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्प, नाकावन्दी तथा चर्को लोडसेडिङलगायतले लघु, घरेलु तथा साना उद्योगहरु बन्द रहेका छन् । ‘यस्ता उद्योगहरुको संचालनका लागि सरकारले सघाउने उद्योग मन्त्री नवीन्द्रराज जोशीले गरेको निर्णयप्रति महासंघसँग सम्बद्व उद्यमीहरु हर्षित छौं विज्ञप्तिमा भनिएको छ ‘आगामी दिनमा उद्योग संचालनको प्रकृयालाई अगाढी बढाउनेमा विश्वस्त छौं ।’

हाल मुलुकभर लघु, घरेलु तथा साना उद्योगको संख्या झण्डै ३ लाख छन् । यस्ता कूल उद्योग मध्ये करिव १ लाख उद्योगहरु विभिन्न कारणले बन्द रहेको अनौपचारिक तथ्याँक छ । यस निर्णयबाट बन्द अवस्थामा रहेका उद्योगहरु गाउँ देखि शहरसम्म संचालन भई राहत पुग्ने विश्वास महासंघको छ ।

उद्योग बन्द हुनाका कारण स्पष्ट रुपमा लेखी प्रस्ताव पेश गरेमा आवश्यक मूल्याँकन गरि उद्योग संचालनका लागि पहल गर्ने सरकारको निर्णयले नीजि क्षेत्र उत्साहित बनेको छ ।

साथै महासंघले बन्द भएका उद्योग संचालनका लागि आवश्यक कारण सहित २१ दिनभित्र प्रस्ताव पेश गर्न बन् उद्योगहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्