काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।