Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार नौ अर्बमाथि

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार नौ अर्बमाथि



काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार, नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ अंक विन्दुमा आइपुगेको छ । यो दिन २ करोड ३ लाख ३२ हजार कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

बुधबारको कारोबारमा १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटयो भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रह्यो । यसैगरी जोशी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फास्ट्रक्चरको २९ करोड ५६ लाख, आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख, सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख, रसुवागढी हाइड्रोपावरको १७ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यसैगरि, खानी खोला हाइड्रोपावरको ९.९९% र जोशी हाइड्रोपावरको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । रिभर फल्स्को ९.९०%, इग्वा हाइड्रोपावरको ९.७२%, स्वाभिमान लघुवित्तको ९.४१%, अप्पर हेवा खोला हाइड्रोपावरको ८.७८%, माथिल्लो मैलुङ खोला जलविद्युतको ८.३८%, नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको ८.२३%, सामुदायिक लघुवित्तको ७.८०%, मानुषी लघुवित्तको ७.१७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्