काठमाडौं । सुनसरी प्रहरीले गाँजा नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले धरानमा गोली चलाएर दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ गाँजा बोकेको गाडी नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउण्ड गोली हानेर गाँजा बरामद गरेको हो ।
धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिवधारामा गाडी नियन्त्रणमा लिन गएका थिए ।प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ ।
गाँजा ओसारपसार गर्ने एकजना पक्राउ र अर्का एकजना फरार रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनले गाँजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको बताए । एसपी तिम्सिनाले गाजाँ नियन्त्रण गरिएको विषयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएका छन् ।