काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतिततोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।