Logo

हस्तकला महासंघको ४४ औं वार्षिकोत्सव सम्पन्न, सरकारको यथोचित सहयोग आवश्यक

हस्तकला महासंघको ४४ औं वार्षिकोत्सव सम्पन्न, सरकारको यथोचित सहयोग आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल हस्त्कला महासंघको ४४ औं बार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवस सम्पन्न भएको छ । मंगलवार आयोजीत कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला व्यवसाय नेपलका पहिचान बोक्ने क्षेत्र भएकोले यस क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा नेपाल सरकारले यथोचित सहयोग गर्नुपर्ने बताए ।

साथै हस्तकला क्षेत्रले रोजगारी प्रबद्र्धनको साथै गरिबी न्यूनकिरणमा समेत सहयोग पु¥याई निर्यातमा बृद्धि मार्फत आयात प्रतिस्थापन गर्नको लागि सहयोग पु¥याएको जानकारी दिए । ‘त्यसैले यस क्षेत्रको विकासमा सरकारको गम्भिर ध्यानाकर्षण हुनु आवश्यक छ’ उनले भने ।

हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग राज्यमन्त्री कञ्चनचन्द्र श्रेष्ठले महासंघको नेतृत्वदायी भूमिकाको सहनीयता व्यक्त गरे । साथै महासंघको कृयाकलाप प्रति नेपाल सरकार सदैव सकारात्मक रहेको बताए ।

उद्योग मन्त्रालयले गरिबी न्यूनीकरण तथा युवा शक्तिलाई आफ्नो देश भित्रै रोक्नको लागि अन्य निकायबाट पनि सहयोग गर्नु पर्ने बताए । उनले महासंघले हस्तकलाका भावी कार्यक्रमलाई ग्रामिण मुखि बनाई युवा रोजगारलाई प्रबद्र्धन गर्नको लागि नेपाल हस्तकला महासंघलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्