Logo

महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डबाट अनुमति

महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डबाट अनुमति



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। कम्पनीलाई एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति प्रदान गरेको हो ।

बोर्डले अनुमति प्रदान गरेसँगै कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ जारी गर्नेछ ।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री खुला गर्नेछ। कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्