काठमाडौं । नेपाली बजारमा मंगरबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि केहि उकालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढ्दै १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।