Logo

प्रधानमन्त्री ओली बेइजिङ पुगे, मंगलबार द्विपक्षीय वार्ताहरु हुँदै

प्रधानमन्त्री ओली बेइजिङ पुगे, मंगलबार द्विपक्षीय वार्ताहरु हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि चीन गएका उनी आजै बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।

भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्