Logo

चार महिनामै जीवन बीमा कम्पनीले संकलन गरे ५२ अर्ब ३९ करोड बीमाशुल्क, कसले कति गरे संकलन ?

चार महिनामै जीवन बीमा कम्पनीले संकलन गरे ५२ अर्ब ३९ करोड बीमाशुल्क, कसले कति गरे संकलन ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ५२ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले चालु आवको साउनदेखि कार्तिकसम्मको तथ्यांक सार्वजनिक गर्दै बीमा कम्पनीहरुले ५२ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ४९ हजार बढी बीमालेखमार्फत उक्त शुल्क संकलन गरेका हुन् । यस अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ एक्लैले १५ अर्ब ४० करोड रुपैयाँ संकलन गर्दा नेशनल लाइफले ६ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै यसै अवधिमा लाईफ इन्स्योरेन्स कर्पोरेसनले ६ अर्ब ५ करोड रुपैयाँ बीमशुल्क संकलन गर्दा हिमालयन लाइफले ५ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यस अवधिमा सुर्यज्योतिले ३ अर्ब २५ करोड, एशियन लाइफले २ अर्ब ७४ करोड, सानीमा रिलायन्सले २ अर्ब ५ करोड, सिटिजन लाइफले २ अर्ब १९ करोड र मेट लाइफले १ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

साथै यसै अवधिमा रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड, सन नेपाल लाइफले १ अर्ब २८ करोड, आइएमई लाइफले १ अर्ब ५३ करोड र प्रभु महालक्ष्मी लाईफले १ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आवको कार्तिक महिनामा मात्रै सबै जीवन बीमा कम्पनीहरुले ३ लाख ४३ हजार बढी बीमालेखमार्फत १२ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जानकारीमा छ ।

प्रतिक्रिया दिनुहोस्