काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणका लागि निस्किँदै छन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन ।
यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको पूर्वसन्धयामा मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ, चीनका प्रधानमन्त्री ली छ्याङसँग प्रधानमन्त्री ओलीको उच्चस्तरीय वार्ता हुने तय भएको छ । यसैबीच, शनिबार प्रधानमन्त्रीको आसन्न चीन भ्रमण लगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।