Logo

ऊर्जा मन्त्रालयलाई अर्थको साथ, लोडसेडिङ मुक्त गर्न ५ अर्ब ३७ करोड निकासा

ऊर्जा मन्त्रालयलाई अर्थको साथ, लोडसेडिङ मुक्त गर्न ५ अर्ब ३७ करोड निकासा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देशलाई लोडसेडिङ मुक्त गर्न अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई थप ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिएको छ । उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले ऊर्जा मन्त्रालयको कामलाई विशेष प्राथमिकता दिँदै उक्त रकम निकासा दिएका हुन् ।

मन्त्री महराले शनिबार मात्रै मध्य मस्र्याङ्दी जदविद्युत आयोजना र सिनो हाइड्रो पावरको निरीक्षण गरेर फर्केका थिए । उक्त जलविद्युत आयोजनाको निरीक्षण गरेसँगै महराले विद्युत पोल, ट्रान्सफरमर, मिटर तथा तार किन्न ऊर्जा मन्त्रालयलार्य ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिएका हुन् ।

केही समय अघि ऊर्जा मन्त्रालयले उक्त आयोजनाबाट उत्पादित विजुली जनतासमक्ष पुर्याउनका लागि पोल , ट्रान्सफरमर तथा तार किन्न भन्दै सो रकम माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL