काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनिहरुलाई नयाँ कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिएका छन् । सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।