काठमाडौं । ट्रम्पले आफ्नो प्रशासनको पहिलो दिनमै क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चिनियाँ सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । यस घोषणाले अमेरिकी उपभोक्ताहरूलाई ठूलो झटका लाग्न सक्छ किनभने मुद्रास्फीति बढ्ने सम्भावना छ र दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्न सक्छ । यसबाट मुद्रास्फीति बढ्ने, व्यवसायमा असर पर्ने र रोजगारीमा नकारात्मक असर पर्ने चेतावनी प्रभावित देश तथा उद्योगहरूले दिएका छन् ।
उपभोक्ताहरूमा प्रभाव
महसुलले सर्वसाधारणलाई सबैभन्दा बढी असर पार्ने विज्ञहरू बताउँछन् । कम्पनीहरूले आयातमा शुल्कको बोझ ग्राहकहरूलाई थुर्पानेछन् । आर्थिक विज्ञ बर्नार्ड बाउमहोल्जले भने, ‘यी शुल्कहरूले अन्ततः अमेरिकामा नकारात्मक असर पार्नेछ । यसले मुद्रास्फीति बढाउनेछ र ब्याज दरहरू बढाउनेछ ।’ उनले ट्रम्पको यो कदम मुद्रास्फीति घटाउने उनको वाचाविपरीत भएको चेतावनी दिए ।
नयाँ महसुलले कृषि उत्पादनमा पनि ठूलो असर पार्नेछ । मेक्सिको र क्यानडा अमेरिका कृषि उत्पादनको सबैभन्दा ठूलो आपूर्तिकर्ता हुन् । गत वर्ष अमेरिकाले करिब ८६ अर्ब डलरको कृषि उत्पादन आयात गरेको थियो । एभोकाडो, स्ट्रबेरी र मासुजस्ता वस्तुहरूको मूल्य शुल्कका कारण बढ्न सक्छ । यसले हरेक घरको बजेटलाई असर गर्छ ।
उद्योग र अर्थतन्त्रमा असर
यो निर्णयबाट कृषि बाहेक अटो र उर्जा क्षेत्र पनि प्रभावित हुन सक्नेछन् । अमेरिकी अटोमोबाइल उद्योग क्यानडा र मेक्सिकोबाट आयातमा निर्भर छ । उद्योग विशेषज्ञ डेनियल रोस्काले यसलाई ‘अमेरिकी अटो उद्योगको लागि विपत्ति’ भनेका छन् । यसबाट फोर्ड, जनरल मोटर्स र अन्य कम्पनीहरू सबैभन्दा बढी प्रभावित हुने उनले बताए ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने वस्तुमा भारी कर लगाउने घोषणा गरेका छन् । यो निर्णयले विश्व बजारमा उथलपुथल ल्याएको छ ।
ट्रम्पको घोषणाले ऊर्जा क्षेत्रपनि त्रसित छ । ट्रम्पको योजनामा कच्चा तेल आयातमा छुट दिइएको छैन । क्यानडा अमेरिकाको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो, जसले दैनिक ४ मिलियन ब्यारेल तेल पठाउँछ । अमेरिकी पेट्रोलियम इन्स्टिच्युटका प्रवक्ता स्कट लोरेम्यानले भने, ‘हाम्रो देशहरू बीच ऊर्जा उत्पादनहरूको स्वतन्त्र आवतजावत अमेरिकी ऊर्जा सुरक्षा र उपभोक्ताहरूको लागि महत्त्वपूर्ण छ ।’
समग्र आर्थिक प्रभाव
महसुल घोषणाले बजारमा हलचल मच्चिएको छ । मेक्सिकन पेसो र क्यानेडियन डलर घटेको छ । योसँगै अमेरिकी र युरोपेली अटो कम्पनीको शेयर पनि घटेको छ । ड्यूश बैंक विश्लेषकहरूले ट्यारिफहरूले अमेरिकी मुद्रास्फीति बढाउने भविष्यवाणी गरेका छन् । उनीहरुले २०२५ को लागि मुद्रास्फीति दर अनुमान २.६ प्रतिशतबाट बढाएर ३.७ प्रतिशत पुर्याएका छन् । ट्रम्पले भन्सारलाई अवैध आप्रवासी र लागूऔषधविरुद्धको आफ्नो रणनीतिसँग जोडेका छन् ।
मेक्सिको र क्यानडाले यी मुद्दाहरूमा कडाइ नगरेसम्म यी शुल्कहरू जारी रहने उनले बताए । तर, यो वर्ष फेन्टानिलका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । चीनबाट आयातमा लगाइएका करका कारण अमेरिकी व्यापारीहरु समस्यामा परेका छन् । विज्ञहरू भन्नुहुन्छ कि करहरू दबाब सिर्जना गर्ने रणनीति हुन सक्छ । ‘यो क्यानाडा र मेक्सिकोका लागि अर्को दुई महिनामा ठोस योजना प्रस्तुत गर्ने अवसर हुन सक्छ,’ आर्थिक विश्लेषक थोमस रायनले भने । ट्रम्पको यो कदम ‘अमेरिका फस्र्ट’ नीतिको हिस्सा हो । तर, यसले अमेरिकी अर्थतन्त्रलाई नोक्सान पु¥याउने विज्ञहरू बताउँछन्। क्यानाडा, मेक्सिको र चीनसँगको वार्ताको भविष्यले अब यो नीतिको प्रभावकारिता निर्धारण गर्नेछ ।
व्यापार युद्धको डर
कर घोषणापछि प्रभावित देशहरूले कडा प्रतिक्रिया जनाएका छन् । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले अमेरिकामाथि प्रतिकारात्मक कर लगाउने धम्की दिएकी छन् । उनले भने, ‘एउटा ट्यारिफ पछि अर्को लगाइनेछ र यो जारी रहनेछ । यसले हाम्रो सामान्य व्यापारलाई खतरामा पार्नेछ ।’ उनले ट्रम्पलाई पत्र लेख्ने र फोनमा कुरा गर्ने बताएकी छिन् । ‘संयुक्त राज्यमा के हुन्छ त्यसले हामीमा ठूलो प्रभाव पार्छ,’ क्यानाडाको केन्द्रीय बैंकका डेपुटी गभर्नर रीस मेन्डेसले भने, ‘यस प्रकारको कदमले दुबै अर्थतन्त्रलाई असर गर्छ ।’
वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले भने, ‘व्यापार युद्ध वा कर युद्धमा कसैले जित्न सक्दैन ।’ ट्रम्पको जितपछि चीन र अन्य एसियाली देशहरूमा चिन्ता बढेको छ । यी शुल्कहरूले अमेरिका(मेक्सिको(कनाडा सम्झौता (यूएसएमसीए) को नियमहरू उल्लङ्घन गरेको देखिन्छ । यो सम्झौताले तीन देशबीचको भन्सार मुक्त व्यापारको ग्यारेन्टी गरेको छ । केही विज्ञहरूका अनुसार ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेर यो सम्झौतालाई बेवास्ता गर्न सक्छन् । अनुवाद गरिएको