Logo

पुष्पा बस्नेत बनिन् सीएनएन सुपर हिरो, न्युयोर्कमा थापिन अवार्ड

पुष्पा बस्नेत बनिन् सीएनएन सुपर हिरो, न्युयोर्कमा थापिन अवार्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालकी पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’ बनेकी छिन् । सीएनएन हिरो बस्नेत अन्य चार जनालाई पछि पार्दै सुपर हिरो बनेकी हुन् ।

उनले २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा,२००१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पारेकी हुन् ।

सीएनएनले अवार्ड वितरण गरेको १० बर्ष पुगेको अवसरमा अवार्ड विजेताहरुमध्येबाट सुपर हिरो छानेको हो । पुष्पाले २०१२मा सीएनएन हिरो अवार्ड प्राप्त गरेकी थिइन् । उनलाई न्युयोर्कमा आयोजीत कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो ।

हाल उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थामा संस्थापक अध्यक्ष छिन् ।

प्रतिक्रिया दिनुहोस्