Logo

वाज्मेको उपाध्यक्षमा चेम्वर अध्यक्ष श्रेष्ठ निर्वाचित, साना उद्योगको उत्थानमा सहयोग

वाज्मेको उपाध्यक्षमा चेम्वर अध्यक्ष श्रेष्ठ निर्वाचित, साना उद्योगको उत्थानमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

वाज्मेको डिसेम्वर ५ मा दिल्लीमा सम्पन्न ५८औं सेसन अफगभर्निङ बडीले श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको हो ।

विश्वका साना तथा मझौला व्यवसायीहरुको हकहित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) ले सघाउ पुर्याउंदै आएको छ । चेम्वरका अध्यक्ष श्रेष्ठको प्रतिनिधित्वले नेपालका साना तथा उद्यमीहरुको हकहितका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय ध्यानाकर्षण गर्न सघाउ पुर्याउने चेम्वरको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्