बिजखबर संवाददाता
२२ पुस, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मुल्य प्रति ब्यारेल ४९ दशमलव ८६ अमेरिकी डलरमा झरेको छ । सोमबार मात्रै तेलको मुल्यमा ५ प्रतिशतले गिरावट आएको थियो ।
सन् २००९ को अप्रिल यता पहिलो पटक कच्चा तेलको मुल्य ५० डलरभन्दा तल झरेको सीएननले जनाएको छ ।
पछिल्लो समय विभिन्न कारणले गर्दा अन्तरराष्ट्रिय बजारमा तेलमो मुल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
विश्व बजारमा आएको मागको कमिसँगै कच्चा तेलको मुल्यमा पनि गिरावट आएको हो । विशेषगरी युरोप, एशिया र ल्याटिन अमेरिकी देशहरुमा तेलको माग कमि भएकोले मुल्यमा पनि गिरावट आएको हो ।
यस्तै, पछिल्लो समय अमेरिकाले तेलको उत्पादन बढाएकोले पनि विश्व बजारमा मागमा कमि आएको हो ।
तेलको मुल्यमा कमि आएपनि बढी तेल उत्पादन गर्ने साउदी अरबले भने तेल उत्पादनमा कुनै कटौती गरेको छैन ।
अन्तरराष्ट्रिय बजारमा तेलको मुल्यमा उच्च गिरावट आएपनि नेपाली बजारमा भने सोही अनुरुप तेलको मुल्य घटेको छैन ।