Logo

नयाँ क्रेडिट रेटिङ संस्था स्थापना गर्न सहमति प्रदान, प्रस्तावित चुक्ता पूँजी ५ करोड

नयाँ क्रेडिट रेटिङ संस्था स्थापना गर्न सहमति प्रदान, प्रस्तावित चुक्ता पूँजी ५ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ संस्था स्थापनाका लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डिया लाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ वमोजिम क्रेडिट रेटिङ व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा उक्त कम्पनीको चुक्ता पूँजी ५ करोड हुने प्रस्ताव गरिएको थियो ।

सो मध्ये ५१ प्रतिशत सेयर क्रेडिट एनालिसिस एण्ड रिसर्च लिमिटेडले र अन्य सेयर नेपाली व्यवसायीहरु एवं संगठित संस्थाहरुको लागि प्रस्ताव गरिएको छ ।

कम्पनीले नेपालमा क्रेडिट रेटिङ व्यवसाय गर्नको लागि प्रचलित कानून वमोजिम कम्पनी स्थापना गर्नुपर्ने र यसरी स्थापित कम्पनीले क्रेडिट रेटिङ व्यवसाय गर्ने अनुमतिपत्रको लागि वोर्डमा निवेदन दिनु पर्ने प्रावधान छ ।

सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न चाहने कम्पनीहरुको क्रेडिट वर्दिनेश निर्धारण गरी लगानीकर्ताहरुलाई धितोपत्रमा लगानी गर्नु अघि सुसूचितपुर्ण निर्णय लिन सहयोग पु¥याउने व्यवस्थाको लागि धितोपत्र बजारमा क्रेडिट रेटिङ कम्पनीको प्रवेशलाई प्रोत्साहनगर्नुपर्ने आवश्यकता रहेको बताइएको छ ।
साथै हाल नेपालमा एकमात्र क्रेडिट रेटिङ संस्था रहेको परिप्रेक्ष्यमा थप क्रेडिट रेटिङ संस्थाको प्रवेशले क्रेडिट रेटिङ व्यवसाय प्रतिस्पर्धी भई यसको व्यवसायीक स्तर वढ्न जाने तथा सेवाग्राहीले अझ सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने बोर्डले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्