काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । यसअघि पछिल्लो २ दिन लगातार उच्च घट्दै मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय ३० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।