काठमाडौँ । मन्त्रालयहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको त्रैमासिक समीक्षाका लागि आज अपराहन्न तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारले गरेका काम, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताको प्रगति बारे समीक्षा हुने बताइएको छ ।