काठमाडौं । नेपाली बजारमा मंगलबार पनि पुनः सुनको मूल्यमा ठुलो गिरावट आएको छ । सरकारले सुन आयातमा भन्सारदर घटाएसँगै सोमबार एकैदिन प्रतितोला झण्डै १६ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।