Logo

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा झारेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले यसको मुल्य घटाएको हो ।

यसअघि आईतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घट्दै १८ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्