Logo

रविमाथि छानविन गर्न पुनः म्याद थप, अझै १५ दिन हिरासतमै

रविमाथि छानविन गर्न पुनः म्याद थप, अझै १५ दिन हिरासतमै



काठमाडौं । जिल्ला अदालत कास्कीले रवि लामिछानेमाथि छानविन गर्नका लागि १५ दिन म्याद थपेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई भीमलाल बेलबासेको इजलासले अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो ।

पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्