Logo

क्यानडाबाट हिजो मात्र फर्किएका श्रीमान-श्रीमती सिनामंगलको होटलमा मृत फेला

क्यानडाबाट हिजो मात्र फर्किएका श्रीमान-श्रीमती सिनामंगलको होटलमा मृत फेला



काठमाडौं । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा मृत भेटिएका युवा–युवती दम्पती भएको खुलेको छ । मृत भेटिएकाहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी श्रीमान–श्रीमती भएको खुलेको हो ।

उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले जानकारी दिए ।

उनीहरू शनिबारमात्रै क्यानडाबाट फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए । त्यसपछि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ। उनीहरू होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्