Logo

रवि लामिछानेलाई अदालत लगियो, पाँचौंपटक म्याद थपिदै

रवि लामिछानेलाई अदालत लगियो, पाँचौंपटक म्याद थपिदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँचौंपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालत पुर्याइएको छ ।

सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गरिएको हो । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्