काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तय भएको आजको अन्तर्वार्ता शुरु भएको छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन मिति तय गरिएको थियो ।
अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । जसमा अहिले मन्त्रालयमा भएको अन्तर्वार्तामा कार्की र अधिकारी सहभागी भएको र अन्तर्वार्ता जारी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएकोमा आजको अन्तर्वार्ता के हुने भन्ने आशंका भएपनि आज भने अन्तर्वार्ता भएसँगै अब बोर्ड अध्यक्ष नियुक्ति निष्कर्षमा पुग्ने देखिएको छ ।