काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले ओरालो लाग्दै १९ सय ४० रुपैयाँमा झरेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।