Logo

देशको सेवा आय २३ अर्बले घाटामा, तीन महिनामा विद्यार्थीले मात्रै विदेश लगे ३२ अर्ब १८ करोड

देशको सेवा आय २३ अर्बले घाटामा, तीन महिनामा विद्यार्थीले मात्रै विदेश लगे ३२ अर्ब १८ करोड



काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनासम्म नेपालको सेवा आय २३ अर्ब बढीले घाटामा रहको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार चालु आवको असोजसम्म सेवा आय २३ अर्ब २९ करोडले घाटामा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमaण आय ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो ।

चालु आवको यस अवधिसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पको व्यय ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्