काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामै नेपालमा ४ खर्बै बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार चालु आवको पहिलो ३ महिनाको तथ्यांक सार्वजनिक गर्दै साउन, भदौ र असोज महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको बताएको हो । केन्द्रिय बैंकका अनुसार यस अवधिमा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।
चालु आवको पहिलो ३ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ थियो ।