Logo

कर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे

कर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे



काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिवस मनाउने क्रममा आइतबार कर प्रशासनका कर्मचारी र व्यवसायीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा कर प्रशासनविरुद्ध व्यवसायीहरुले ३ गोल फर्काएका छन् ।

कर सप्ताह अन्तर्गत उपत्यकाव्यापी कर कार्यालय र निजी उद्योगी व्यवसायीका २२ टिमबीच आज र भोलि फुटसल प्रतियोगिता भईरहेको छ । कर विभागको नेतृत्व र उद्योग वाणिज्य संघ संगठनका नेतृत्वको बीचमा आज भएको उद्घाटन फुटसल प्रतियोगितामा व्यवसायीहरुको टिमले जित निकालेको हो ।

व्यवसायीहरुविरुद्ध कर प्रशासनका कर्मचारीहरुले २ गोल हानेका थिए । खेलमा उद्योग वाणिज्य महासंघको तर्फवाट अम्विकाप्रसाद पौडेल र आन्तरीक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले शुभकामना दिएका थिए।आइतबारको खेल भक्तपुर दिव्यश्वरि फुटसलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्