काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले आन्दोलनको घोषणा गरेको हो । सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताएका हुन् ।
उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए ।