काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा स्रोतले जानकारी दिएको छ ।
यसअघि कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पुनः पत्रकार सम्मेलन गर्दै नयाँ घोषणा गर्न लागेको हो । सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ।