काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८१ का अवसरमा शनिबार अर्थमन्त्री विष्ण पौडेलले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
आर्थिक बर्ष २०७९ / ८० मा सबैभन्दा बढी कर बुझाउने कम्पनीको पहिलो स्थानमा नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) परेको छ । अघिल्लो वर्ष सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल रहेको थियो ।
यो वर्षपनि व्यक्तिगततर्फ धेरै आयकर तिर्नेमा बिजयबहादुर शाह सम्मानित भएका छन् । बैंकिङतर्फ नबिल बैंकले फेरि पनि उत्कृष्ठ करदाताको सम्मान पाएको छ ।
वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केटले उत्कृष्ठ करदाताको सम्मान पाएको छ । निर्यातमा डाबर नेपालले सम्मान पाउँदा सूचना प्रबिधिमा निर्यातमा कड्ताप टेक प्रालिले सम्मान पाएको छ ।
कृषिमा पतञ्जली आयुर्वेद सम्मानित हुँदा शिक्षामा लुम्बिनी मेडिकल कलेज र पर्यटनमा तारागाउँ रिजेन्सी होटलले उत्कृष्ठ करदाताको सम्मान पाएको छ ।
इन्टरप्राइजेजतर्फ श्रुति ट्रेडर्सले सम्मान पाउँदा सीडीएस एण्ड क्लियरिङ पनि सम्मानित भएको छ ।
उर्जामा भोटेकोशी पावरले सम्मान पाउँदा रेमिटेन्समा भने यसपटक सिटी एक्सप्रेसले सम्मान पाएको छ । धेरै भ्याट तिरेर होङसी सिमेन्ट, सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेजले पनि सम्मान पाएका छन् ।