काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले मंसीर महिनाका लागि नयाँ ब्याजदर आजदेखि कार्यान्वयनमा ल्याएका छन् । जसमध्ये धेरै वाणिज्य बैंकहरुले मंसिरका लागि ब्याजदर घटाएका छन् । मंसिरका लागि १६ वटा बैंकको ब्याजदर घटेको छ भने बाँकी सबै बैंकको ब्याजदर स्थिर छ ।
मंसिरका लागि प्रभु, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंकले सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती खातामा ०.७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १.२५ प्रतिशत विन्दुले घटाएको छ । यस्तै नबिल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ ।
एनआईसी एसिया बैंकले एनआईसी एसिया बैंकले बचत खाता ब्याजदर ०.१७ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ । एभरेस्ट बैंक बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने मुद्दती खाताका ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ । ग्लोबल आईएमई बैंकले पनि बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.५० र ०.७५ प्रतिशत विन्दुले घटाएको छ ।
मंसीरका लागि हिमालयन बैंकले बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ । कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । लक्ष्मी सनराइज बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ । माछापुच्छ्रे बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः १.५० र १.०० प्रतिशत विन्दुले घटाएको छ ।
प्राइम कमर्सियल बैंकले साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेर व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।
नेपाल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।
नेपाल एसबीआई बैंक नेपाल एसबीआई बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.३४ प्रतिशत विन्दुले घटाएको छ । एनएमबि बैंकले सबै प्रकारका खाताको ब्याजदर घटाएको छ । बचत खातामा ०.०२ प्रतिशत, व्यक्तिगत र संस्थागत मुद्दती खातामा १.५० प्रतिशत विन्दुका दरले बैंकले ब्याज घटाएको हो ।