काठमाडौं । हवाई इन्धनको भाउ घटेसँगै विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ । भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा हवाई इन्धन समायोजन गरिएको हो । जसअनुसार हवाइ इन्धनको मूल्य ८ रुपैयाँले घटेको हो ।
नयाँ हवाई भाडामा न्यूनतम ३५ रुपैयाँदेखि ३ सय १० रुपैयाँसम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जानकारी दिएको छ । काठमाडौँ–माउन्टेन उडानको भाडामा ३ सय रुपैयाँले घटेको छ। त्यस्तै काठमाडौँ–भरतपुरको भाडामा एक सय पाँच रुपैयाँ, काठमाडौँ–पोखराको १ सय ३५ रुपैयाँ, काठमाडौँ–विराटनगरको भाडामा १ सय ८५ रुपैया र काठमाडौँ–जनकपुरको भाडामा १ सय २० रुपैयाँ घटेको छ ।
काठमाडौँ–भैरहवाको भाडामा १ सय ६५ रुपैयाँले घटेको एसोसिएसनले जानकारी दिएको छ । एसोसिएसनका अनुसार काठमाडौँ–धनगढी ३ सय १०, काठमाडौँ–नेपालगञ्ज २ सय ३५, काठमाडौँ–भद्रपुर २ सय २०, काठमाडौँ–तुम्लीङ्टार १ सय ६५, काठमाडौँ–सिमरा ९०र विराटनगर–तुम्लिङ्टारको १ सय रुपैयाँ भाडा घटेको छ ।
डोटी–साँफेबगरको भाडा ३५ घटेको छ । पोखरा–जोमसोम ६५ रुपैयाँ र काठमाडौँ–लुक्ला १ सय १० रुपैयाँले भाडा घटेको बताइएको छ ।