Logo

न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाइँदै, महानगरको सहजीकरण

न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाइँदै, महानगरको सहजीकरण



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो ।

लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।

फुटपाथ बढाइएका क्षेत्र र विद्युत र इन्टरनेट सेवाका तारहरूलाई भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाउन प्राधिकरणलाई सहजीकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्