काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १९ सय ४० रुपैयाँ पुगेको हो ।