काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ । प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ ।
यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम अनुकुल हुनासाथ विमान उडेको थियो ।
लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन् । रास्वपाले प्रदर्शन गर्न थालेपछि ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही पुर्याएको हो ।