Logo

ऊर्जामन्त्री खड्काले फेरि बोलाए विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक, के आउँला निर्णय ?

ऊर्जामन्त्री खड्काले फेरि बोलाए विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक, के आउँला निर्णय ?



काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले फेरि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन् । अहिले बिहान ११ः३० बजे बस्ने गरी मन्त्री खड्काले बैठक बोलाएका हुन् । यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेको थिएन ।

विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगीको लाइन पुनः जोड्ने विषयमा प्राधिकरण र सरकारबीच विवाद देखिएको छ । प्राधिकरण बक्यौता तिर्न तयार नभएसम्म उद्योगीका काटिएका लाइन नजोड्ने अडानमा छ भने सरकार तत्काल जोड्नु पर्ने पक्षमा छ । बक्यौता नतिर्ने ३४ उद्योगीको लाइन काटिएकामा १४ वटा किस्ताबन्दीमा तिर्न तयार भएपछि लाइन जोडिइसकेको छ

बाँकी उद्योगीका लागि पनि विद्युत् प्राधिकरणले किस्तामा तिर्न पाइने सुविधा दिएको छ । २८ किस्तासम्ममा तिर्न पाइने पुरानो सुविधा बढाएर ५६ किस्तासम्म पुर्‍याएको छ । पुनरवलोकनमा जान चाहने उपभोक्ताले जम्मा गर्नुपर्ने धरौटी रकम पनि ५ प्रतिशतमा झारेको छ । तर पनि सरकारले विभिन्न बहाना बनाएर रकम नतिर्ने उद्योगीको पक्षपोषण गर्न खोजेको बुझाइ प्राधिकरणको छ । यसैबीच पैसा नउठाई लाइन जोडे आन्दोलनमा उत्रने चेतावनी कर्मचारी संगठनहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्