काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन समेत भएको थियो ।