काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीहरूलाई पाँच अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरेको छ । लामो समयदेखि आफुले पाउने भुक्तानी नपाएको गुनासो गरिरहेका निर्माण व्यवसायलाई सरकारले पछिल्लो समय ५ अर्ब बढी भुक्रानी गरेको हो ।
भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको ८ अर्ब ७१ करोडभध्ये ५ अर्ब ५ करोड भुक्तानी गरिएको हो ।
उनका अनुसार अर्थ मन्त्रालयले साउन १ गते बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएको थियो । सोही बमोजिम निर्माण व्यवसायीले पाउनुपर्ने रकममध्येको ६० प्रतिशत रकम भुक्तानी गरिएका उनले बताए ।
८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको छ ।