Logo

प्रधानमन्त्री ओलीको स्वास्थ सामान्य अवस्थामा, आजदेखि नियमित काममा फर्किदै

प्रधानमन्त्री ओलीको स्वास्थ सामान्य अवस्थामा, आजदेखि नियमित काममा फर्किदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) देखि नियमित काममा फर्किने भएका छन् ।

ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो । अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्