Logo

३ मन्त्रालयलाई विकास समितिको ४१ निर्देशन, कार्यन्वयनको अवस्था शुन्य

३ मन्त्रालयलाई विकास समितिको ४१ निर्देशन, कार्यन्वयनको अवस्था शुन्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका–संसदको विकास समितिको हालसम्म ४१ वटा निर्देशन दिएकोमा कार्यान्वयनको अवस्था शुन्य देखिएको छ । कतिपय निर्देशन कार्यान्यनको अवस्था सन्तोषजन नभएपनि धेरैजसोको अवस्था शुन्य नै रहेको विकास समितिले जानकारी दिएको छ ।

विकास समितिले हालसम्म १ सय ४ वटा बैठक बस्दै मन्त्रालयगत रुपमा ४१ वटा दिर्नेशन दिएको थियो ।

जसअनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई सवैभन्दा बढी १७ वटा निर्देशन दिएको पाइएको छ । जसमध्ये ७ वटा निर्देशनको कुनै काम भएको छैन भने अन्य १० वटाको पनि खासै उपलब्धि नभएको समितिद्वारा तयार प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ७ वटा निर्देशन दिएको छ भने सुचना तथा संचार मन्त्रालयलाई ९ र तीन वटै मन्त्रालयलाई समग्र रुपमा ८ वटा निर्देशन दिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्