Logo

सरकारको सहयोग नहुँदा गलैचाँ निर्यात घट्यो, प्रम भन्छन् ‘आवश्यक सहयोग गर्न तयार छौं’

सरकारको सहयोग नहुँदा गलैचाँ निर्यात घट्यो, प्रम भन्छन् ‘आवश्यक सहयोग गर्न तयार छौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारको ध्यान नपुग्दा गलैचाँको निर्यात बार्षिक रुपमा घट्दै गएको सम्वन्धित व्यवसायीहरुले बताएका छन् । आइत्वार काठमाडौंमा आयोजीत केन्द्रीय गलैचाँ उद्योग संघको २५ औं बार्षिक साधारण सभा तथा ५४ औं निर्यात बर्ष कार्यक्रममा उनीहरुले यस्ते बताएका हुन् ।

नेपाली गलैचाँको विदेशमा माग भएपनि प्रवद्र्धनमा सरकारले सहयोग नगर्दा निर्यात घट्दै गएको संघका अध्यक्ष छिरिङ शेर्पाले बताए । त्यस्तै गलैँचा उद्योगका लागि सरकारको तर्फबाट प्रकृति अनुसारको मापदण्ड तथा नीति नभएकोले निर्यात प्रवद्र्धन गर्न नसकिएको बताए । ‘सरकारले विशेष ध्यान नदिँदा गलैचाँ उद्योग धरासयी बन्दै गएको छ’ उनले भने ।

त्यस्तै अन्तरराष्ट्रिय स्तरको मेलामा अन्य देशमा व्यवसायीलाई स्टल भाडा,हवाई टिकटलगायत दिने चलन भएपनि नेपालमा भने सवै व्यवसायीले गर्नुपरेको अवस्था रहेको बताइएको छ ।

विदेशमा हुने मेलाहरुमा सहभागी हुन व्यवसायीले खर्च धान्न नसक्ने अवस्था रहेको उनले जानकारी दिए । अध्यक्ष शेर्पाले २०७४÷ ७५ लाई गलैँचा निकासी बर्ष घोषणा गरी आवश्यक बजेट तथा कार्यक्रम तयार गर्न आग्रह गरे । त्यस्तै गलैचाँलगायत अन्य निर्यातजन्य बस्तुहरुको हकमा १५ प्रतिशत निर्यातमा नगद प्रोत्साहन सुविधा उपलब्ध गराउन पर्ने बताए । त्यस्तै गलैचा क्षेत्रसँग सम्वन्धित उद्योगी व्यवसायीलाई सफ्ट लोन प्रदान गर्ने व्यवस्था गर्न माग राखे ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाणिज्य तथा विदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिएर गर्न सक्ने पहल गर्ने आश्वासन दिए । त्यस्तै पहिला नेपालबाट निर्यात हुनेमा गलैचाँ पहिलो स्थानमा रहेको र विशेष कारणवश निर्यात कम भएको भन्दै प्रवद्र्धनका लागि सरकार सहयोग गर्न तयार रहेको जानकारी दिए ।

सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले युरोपेली मुलुकमा मात्र नभइ एशियाली मुलुकमा गर्नुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष्य दिनेश श्रेष्ठले गलैचाँ उद्योगलाई प्राथमिकतामा नराख्दा निर्यात घटेको बताए । कार्यक्रममा राष्ट्रिय अर्थतन्त्रलाई दरिलो बनाउन निर्यात आवश्यक रहेको बताए । हाल १० हजार उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट १ लाख ५० हजार जनाले रोजगारी पाइरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्