Logo

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार



काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् । सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् ।

आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्